
नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ
नेपालमा पहिलो पटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जनकपुरकी २५ वर्षीया ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले बताए ।
प्लास्टिक सर्जरी विभाग प्रमुख डा. श्रेष्ठका अनुसार शल्यक्रिया गरेको एक सातामै ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसके पनि साधारण अवस्थामा आउन भने ४ देखि ६ महिनासम्म लाग्नेछ ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले यो सफलतासँगै अब नेपालमै सस्तो शुल्कमा लिंग परिवर्तनजस्तो जटिल शल्यक्रियासमेत गर्न सकिने अवस्था बनेको बताए । ‘लिंग परिवर्तनजस्तो जटिल र संवेदनशील शल्यक्रिया नेपालमा पहिलो पटक सफल भएको छ,’ उनी भन्छन्, ‘यस्तो शल्यक्रिया विदेशमा निकै महँगो हुने हुन्छ तर नेपालमा सुलभ मूल्यमै गर्न सकिने भएकाले ट्रान्सजेन्डर समुदायलाई अब सहज हुनेछ ।’ यस्तो ...