
मेयर उद्यम तालिमले फेरियाे बुटवलकी ओसिङ थपागुरुङकाे जीवन
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल
बुटवल उपमहानगरले भाैतिक निर्माण संगै मानविय संसाधनकाे विकासमा महत्वपुर्ण काम गरिरहेकाे छ। मानविय संसाधनकाे विकास अन्तर्गत मेयर उद्धम तालिमबाट धेरै नगरवासीहरू रोजगार ,व्यवसायी ,उद्यमी प्रशिक्षक भइसकेका छन्।
जसको सानो एक उदाहरण हुन् बुटवल ३ ज्योतिनगरकी ओसिङ थापागुरुङ। केही गराैं भन्ने चाहना भएको तर अवसर नपाएकी गुरुङ तीन वर्ष पहिला मेयर उद्यममार्फत बुटवल वडा नम्बर ३ को आयोजनामा तालिम सञ्चालन गरिएको हातले बनाएका जुत्ता -चप्पल बनाउने एक हप्ते तालिम लिएकी थिइन्। अहिले प्रशिक्षण सँगै व्यवसाय गरी राम्रो आम्दानी गरिरहेकी छन्।
तालिम प्रशिक्षणबाट मासिक ३ लाख आम्दानी गर्छिन् भने सोही व्यवसायबाट मासिक १ लाख आम्दानी गर्छिन्। उनले तालिम अनलाइन मार्फत देशका विभिन्न जिल्ला धनगढी ,कैलाली, रोल्पा जस्ता विभिन्न क्षेत्रमा १ हजार जनालाई तालिम दिइसकेकी छन्। यसैगरी गुरुङले ५ जनालाई रोजगार समे...