
अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तस्करी नियन्त्रण गर्न सबै प्रहरी युनिटहरूलाई सक्रिय बनाएको छ । खुल्ला सिमानाका कारण हुने भन्सार चोरी तस्करी नियन्त्रण गर्न प्रहरीहरू सक्रिय भएका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गएको २ दिनमा अवैध रूपमा भारतबाट चोरी तस्करी गरी नेपाल भित्रिएको २० लाख ९१ हजार ३ सय बढी मूल्यका विभिन्न सामानहरू बरामद गरी भन्सार चलान गरेको हो । चोरी तस्करी नियन्त्रण गर्न सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले दैनिक जसो अवैध भन्सार चोरी तस्करी मार्फत भित्रिएका सामानहरू समाउँदै भन्सार पठाउँदै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।
आइतबार र सोमबार मात्र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ६ गोनाह मा शङ्का लागि लु ११ प ५०६५ लु ५४ प ४४२३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर...