News That Matters

Breaking news 1

किसान श्रेष्ठको घर पुगे सुदन, स्थानीय युवाको सुरक्षाका लागि अनुरोध

किसान श्रेष्ठको घर पुगे सुदन, स्थानीय युवाको सुरक्षाका लागि अनुरोध

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ बारास्थित पूर्वमन्त्री किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन आग्रह गरेका छन्। पीडित स्थानीय युवालाई साथमा लिएर उनी शनिबार किसान श्रेष्ठको औराहास्थित घर पुगेका थिए । भेटका क्रममा श्रेष्ठ घरमा नरहेपनि गुरुङले घरमै रहेका व्यक्तिबाट आफ्नो सन्देश श्रेष्ठसम्म पुर्‍याइदिन अनुरोध गरेको बताए । घरबाट बाहिरिएपछि सुदनले भने,‘बारम्बार आएर थर्काउने, जेनजीहरुलाई यातना दिने, मानसिक रुपमा दबाब सिर्जना गर्ने गरेको रहेछ । त्यसैले उहाँलाई यस्तो नगर्नुहोस् भन्ने आग्रह गरेर घरमा रहेका म्यासेन्जरमार्फत सन्देश पठाएको हुँ,’ उनले भने। किसान श्रेष्ठसँग भने भेट हुन नसकेको उनले जनाए । गुरुङका अनुसार आफू बारामा गएर स्थानीय युवासँगको द्वन्द्वको वातावरण नबनोस् भन्ने उद्देश्यले वार्ता गर्न पुगेका थिए।‘द्वन्द्वको वातावरण नबनोस्, भाइको सुरक्षाका लाग...
माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

Breaking news 1, गित संगित, ट्रेण्डिङ्ग, ताजा अपडेट, फिल्मी, मनोरञ्जन, समाचार, समाज
काठमाडौँ । अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन् ।मङ्गलवार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरले गीति कथा ‘फसे म त’को रिलिज गरेका हुन् ।एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको प्रस्तुतिमा सार्वजनिक गीति कथामा माधव न्यौपानेको गीत र खुमन अधिकारीको सङ्गीतमा अधिकारीसँगै देवी घर्ती मगर, शान्ति श्री परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीति कथामा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता धनकुटी, स्वस्तिका लामिछाने, बिपना घिमिरे, बिनिराम न्यौपाने, दिपसागर, विराज सापकोटा लगायतको अभिनय रहेको छ ।टेकेन्द्र शाहको सम्पादन रहेको गीति कथाको भिडियोमा करण चैसर र काश गुरुङले छायाङ्कन गरेका छन् । माधव न्यौपानेकै...
डिजिटल मिडिया नयाँ मूलधार हो : सञ्चारमन्त्री खरेल

डिजिटल मिडिया नयाँ मूलधार हो : सञ्चारमन्त्री खरेल

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई बन्द नगरी व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्। उनले डिजिटल मिडियालाई नयाँ मूलधारको मिडियाको रूपमा सरकारले स्वीकार गरिसकेको समेत स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा लोक सञ्चारकर्मी नेपाल र अनलाइन टिभी पत्रकार संघसँगको संयुक्त छलफलमा मन्त्री खरेलले भने, “सामाजिक सञ्जाल कहिल्यै बन्द हुनुहुँदैन र बन्द गरिँदैन। नयाँ मूलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरूलाई सरकारले स्वीकार गरिसकेको छ। सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस हुने हुनुपर्छ।” उनका अनुसार सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील छ र मन्त्रालय ‘सुनिन्छ पनि, देखिन्छ पनि र महसुस हुन्छ पनि’ भन्ने धारणा बोकेको छ। मन्त्री खरेलले अनलाइन मिडिया दर्ता प्रक्रियामा देखिएका झन्झटहरू हटाउनेतर्...
सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो

सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो

Breaking news 1, ताजा अपडेट, समाचार
हलेसी तुवाचुङ – ९ की ३४ वर्षीय मिनाश्री राईको सुत्केरी प्रक्रियाको क्रममा बिहीवार राति मृत्यु भएपछि उनका आफन्तले ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा आक्रमण गरेका छन् । प्रदर्शनकारीहरूले अस्पतालको गेट फुटाएर भित्र प्रवेश गरी ढुंगामुढा गरेका र उपकरण नष्ट गरेको रिपोर्ट छ । घटनास्थलमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले भीडलाई तितरवितर गर्न लाठीचार्ज र केही राउन्ड आश्रुग्यास प्रयोग गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।...
युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, राजनीति, लेख रचना, समाचार, समाज
प्रिय केपी शर्मा ओलीज्यू, नमस्कार तपाईंको जीवन राजनीतिक आन्दोलनकै परिणाम हो। वि.सं. २०२८ को झापा काण्ड  जहाँ तपाईं आफ्ना सहकर्मीहरूसँगै “शोषणविरुद्ध क्रान्ति” का नारा लगाउँदै थुनिनुभयो, अत्याचार सहनुभयो । (त्यो समयमा तपाईंले नै भन्नुभएको थियो — “ठूला उद्देश्यका लागि साना-साना क्षतिलाई महत्त्व दिनु हुँदैन ।”) तर, त्यसै क्रान्तिमा निर्दोष बच्चा र वृद्धहरू पनि मारिएका थिए — यो पनि इतिहासको हिस्सा हो । त्यसपछि २०४६ सालको जनआन्दोलन — जहाँ तपाईंले सडकको रगत र नारा दुवै देख्नुभयो । त्यो आन्दोलनमा पनि ठूला क्षतिहरू भए, तर त्यही आन्दोलनहरूले तपाईंलाई आजको केपी शर्मा ओली बनायो । तर, इतिहासको विडम्बना के छ भने — आज जब नयाँ पुस्ता (Gen Z / जेएनजी आन्दोलन) सडकमा नारा लगाउँछ, देश र जनताको आवाज उठाउँछ, त्यसै आन्दोलनलाई तपाईं “अव्यवस्थित”, “घुसपैठ भएको”, “भडकिएको”...
कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

Breaking news 1, राजनीति
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ । युवाहरुको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । साथै कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुका घरमा पनि आगजनी र तोडफोड भएको थियो । राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू लगायतमा पनि आगजनी र तोडफोड भएको थियो । ७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते छन् । नेपाली का...
५० भन्दा बढी गम्भीर घाइते 

५० भन्दा बढी गम्भीर घाइते 

Breaking news 1, समाचार
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
मृत्यु हुनेको संख्या ९ पुग्यो

मृत्यु हुनेको संख्या ९ पुग्यो

Breaking news 1, ताजा अपडेट, समाचार
 जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, समाज
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।...
रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

Breaking news 1, ताजा अपडेट, समाचार, समाज
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। ...