भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा
भैरहवामा सञ्चालित अवैध स्वास्थ्य संस्थामा बुधबार अनुगमन टोलीले ताला लगाएको छ । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्थालाई बन्द गराएको हो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।
अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो...








