
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए ।
मन्त्री पन्तले भने, ‘माध्यमिक तहसम्मको शिक्षा पालिका तहको अधिकार क्षेत्रभित्र पर्छ भन्नेमा हामी ढुक्क हुनुपर्छ।शिक्षक संगठनले उठाएका मर्यादासहितका कतिपय पक्षमा पालिका नेतृत्वले ध्यान पुर्याउनेछ, एसइई परीक्षा सञ्चालनको अधिकार भने प्रदेशलाई दिन उपयुक्त हुनेछ।’
शिक्षा इकाइलाई तीन तहको समन्वयका साथ काम गर्ने संरचना बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्दै मन्त्री पन्तले भने, ‘स्थानीय तहमा तत्काल शिक्षक भर्ना र सरुवाको अधिकार चाहिन्छ भन्ने र श...