News That Matters

समाचार

सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो

सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो

Breaking news 1, ताजा अपडेट, समाचार
हलेसी तुवाचुङ – ९ की ३४ वर्षीय मिनाश्री राईको सुत्केरी प्रक्रियाको क्रममा बिहीवार राति मृत्यु भएपछि उनका आफन्तले ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा आक्रमण गरेका छन् । प्रदर्शनकारीहरूले अस्पतालको गेट फुटाएर भित्र प्रवेश गरी ढुंगामुढा गरेका र उपकरण नष्ट गरेको रिपोर्ट छ । घटनास्थलमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले भीडलाई तितरवितर गर्न लाठीचार्ज र केही राउन्ड आश्रुग्यास प्रयोग गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।...
‘बाटो फरक भो’ मर्मस्पर्शी लोकदोहोरी गीत सार्वजनिक

‘बाटो फरक भो’ मर्मस्पर्शी लोकदोहोरी गीत सार्वजनिक

गित संगित, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली लोक सांगीतिक बजारमा नयाँ लोकदोहोरी गीत ‘बाटो फरक भो’ सार्वजनिक भएको छ। संगीतकार अमित बाबु रोकायको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतले विगतको अधुरो प्रेम सम्बन्धको संवेदनशील कथा बोलेको छ। “हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा” भन्ने भावनालाई केन्द्रमा राख्दै तयार गरिएको यस गीतमा श्रोताको मन छुने शब्द र संगीत समावेश गरिएको छ । ‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने, अधुरो यो जिन्दगीको बाटो फरक भो’ भन्ने मार्मिक बोलले गीतलाई अझ प्रभावशाली बनाएको छ । गीतमा शान्ति श्री परियार र अर्जुन भुसालको सुमधुर स्वर रहेको छ। शब्द गणेश पौडेल र प्रकाश पाठकको रहेको यस गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस् :    https://youtu.be/BAZlwn51Kio...
युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, राजनीति, लेख रचना, समाचार, समाज
प्रिय केपी शर्मा ओलीज्यू, नमस्कार तपाईंको जीवन राजनीतिक आन्दोलनकै परिणाम हो। वि.सं. २०२८ को झापा काण्ड  जहाँ तपाईं आफ्ना सहकर्मीहरूसँगै “शोषणविरुद्ध क्रान्ति” का नारा लगाउँदै थुनिनुभयो, अत्याचार सहनुभयो । (त्यो समयमा तपाईंले नै भन्नुभएको थियो — “ठूला उद्देश्यका लागि साना-साना क्षतिलाई महत्त्व दिनु हुँदैन ।”) तर, त्यसै क्रान्तिमा निर्दोष बच्चा र वृद्धहरू पनि मारिएका थिए — यो पनि इतिहासको हिस्सा हो । त्यसपछि २०४६ सालको जनआन्दोलन — जहाँ तपाईंले सडकको रगत र नारा दुवै देख्नुभयो । त्यो आन्दोलनमा पनि ठूला क्षतिहरू भए, तर त्यही आन्दोलनहरूले तपाईंलाई आजको केपी शर्मा ओली बनायो । तर, इतिहासको विडम्बना के छ भने — आज जब नयाँ पुस्ता (Gen Z / जेएनजी आन्दोलन) सडकमा नारा लगाउँछ, देश र जनताको आवाज उठाउँछ, त्यसै आन्दोलनलाई तपाईं “अव्यवस्थित”, “घुसपैठ भएको”, “भडकिएको”...
अर्जुन सापकोटा र निशा गुरुङको स्वरमा ‘सिंगापुर मलाय’

अर्जुन सापकोटा र निशा गुरुङको स्वरमा ‘सिंगापुर मलाय’

गित संगित, फिल्मी, मनोरञ्जन, समाचार
काठमाडौँ । लोक दोहोरी गायिका निशा गुरुङले मौलिक धारको दोहोरी गीत 'सिंगापुर मलाय' सार्वजनिक गरेकी छन् । जुन गीतको आइतबार ठमेल स्थित नगरकोट दोहोरी साँझमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले लोकार्पण गरिन् । अध्यक्ष मगरले मौलिक गीत ल्याएकोमा धन्यवाद मात्रै दिइनन् । लोक दोहोरीमा विकृति भित्रियो भन्दा कतिपयको आँखाको तारो समेत बन्ने गरेको गुनासो पोखिन् । उनले मौलिकताकै जगमा बनेका सृजनाले हाम्रो संस्कृति संरक्षणमा योगदान दिने र मौलिक गीत गाएर पनि कमाउन सकिन्छ भन्ने नजिर बसाल्न नवगान्तुक पुस्तालाई सुझाव दिइन् । अध्यक्ष मगरले आडैमा रहेका गायक अर्जुन सापकोटालाई चकलेटी गायकको ट्याग समेत दिइन् । गायक सापकोटाले मौलिक सृजना गाउन पाएकोमा आनन्द महसुस भएको अनुभव सुनाए । गायिका निशा गुरुङले पनि सृजना मन ...
५० भन्दा बढी गम्भीर घाइते 

५० भन्दा बढी गम्भीर घाइते 

Breaking news 1, समाचार
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
५० भन्दा बढी गम्भीर घाइते

५० भन्दा बढी गम्भीर घाइते

समाचार
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
मृत्यु हुनेको संख्या ९ पुग्यो

मृत्यु हुनेको संख्या ९ पुग्यो

Breaking news 1, ताजा अपडेट, समाचार
 जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, समाज
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।...
सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

मनोरञ्जन, समाचार
बासुदेव पोखरेल, गुल्मी नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा रमाइला र हल्का खालका गीतहरू बढी देखिन थालेको बेला, एक मार्मिक गीत “ए आमा” सार्वजनिक भएको छ। यो गीत सर्जक सुरेश खत्रीको वास्तविक जीवनमा आधारित छ, जसले आफ्ना अनुभवहरूलाई संगीतको माध्यमबाट दर्शक–श्रोतासँग बाँड्ने प्रयास गरेका छन्। गीतको संगीत र स्वर सुरेश रमण अधिकारीले दिएका छन्। गीतमा अभिनय गरेका कलाकारहरूमा चर्चित नायक पुष्प खड्का, रमा थपलिया, र जुना कार्की रहेका छन्। कथा निर्देशन शिव विकले गरेका हुन् भने छायांकन अझै रेग्मी, र सम्पादन मिन विश्वकर्माले गरेका छन्। यसले गीतको दृश्यात्मक प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाएको छ। सर्जक सुरेश खत्रीका अनुसार, गीत “ए आमा” उनको आफ्नै जीवनका अनुभवमा आधारित छ। मातृभाव, जीवनका पीडा–सुखका क्षण, र पारिवारिक सम्बन्धको गहिरो भाव यस गीतमा समेटिएको छ। यसअघि पनि सुरेश रमण अधिकारीका ...
रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

Breaking news 1, ताजा अपडेट, समाचार, समाज
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। ...