
लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
लुम्बिनी प्रदेशको बजेट २०८२\८३: समृद्धिको सम्भावना बोकेको दस्तावेजदाङ
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ कोलागि ३८ अर्ब ९१ करोड रुपैयाँको यो बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ ।यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ । नीति तथा कार्यक्रम एउटा, बजेट अर्के बन्ने प्रवृत्तिलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले अन्त्य गरेको छ । नीति तथा कार्यक्रमकै जगमा उभिएर सरकारले प्राथमिकताको आधारमा बजेट सार्वजनिक गरेको हो । ‘कृषि, उद्योग, पर्यटन र पूर्वाधारः समृद्ध लुम्बिनीका मुख्य आधार’ सहितको दोस्रो आवधिक योजना लुम्बिनी प्रदेश सरकारले स्वीकृत गरेको र सो आवधिक योजनाको लक्ष्य एवम् उद्देश्य प्राप्ति, नागरिकको जीवनमा परिवर्तन अनुभूतिहुनेगरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।चालु खर्च घटाउने र पुँजीगत खर्चको आकार बढाउने...