सडकमै सवारीको छड्के चेकजाँच
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल, २७ जेठ
यातायात व्यवस्था कार्यालय सवारी बुटवलले सडकमा सवारी साधनहरूलाई चेकजाँच गर्न सुरु गरेको छ । लामो समय सम्म राज्यलाई बुझाउनुपर्ने राजश्व कर नतिरेर सडकमा गुड्दै आएको गुनासो आएपछि कार्यालयले यस्तो तरिका अपनाएको हो । आइतबार दिउँसो संयुक्त रूपमा गरेको चेकजाँचमा १० बटा मालवाहक सवारीसाधन भेटिएको र त्यसलाई कार्यालयले कारबाही गर्ने जनाएको छ ।
कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय सञ्चारकर्मीको संयुक्त टोलीले कपिलवस्तुको पिपरामा गरेको आकस्मिक चेकजाँच गर्दा मालवहाक टिप्पर र ट्याक्टर बिना कागजपत्र सडकमा चलिरहेको फेला परेको हो । लामो समय सम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँच पास नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका ८ बटा टिप्परलाई जनही ३ हजारका दरले कारबाही गर्ने गरी लामो समय सम्म कर नबुझाएका सवारीलाई कर बुझाएपछि मात...




