टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ
नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको दिन घरेलु टोलीले भने पहिलो हार व्यहोरेको हो।
मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर नेपालले हार भोगेको थियो।
स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो। उनले ३५ बलमा ४ चौका सहयोगमा ३० रन बनाए।
करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे।
२१ बलमा १४ रन बनाएका दिपे...








