News That Matters

Author: Awaaz Admin

कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

Breaking news 1, राजनीति
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ । युवाहरुको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । साथै कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुका घरमा पनि आगजनी र तोडफोड भएको थियो । राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू लगायतमा पनि आगजनी र तोडफोड भएको थियो । ७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते छन् । नेपाली का...

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

समाचार
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। समारो...