माओवादीले छाडे पनि रास्वपाले छाडेन भिजिट भिसा प्रकरणमा छानबिन समिति अडान
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिन समितिको अडान नछाड्ने भएको छ।
रास्वपाले संसदीय अथवा जाँचबुझ आयोग ऐन अनुसार छानबिन समिति बनाउनुपर्ने अडान सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूसँग स्पष्ट ढंगले 'बटमलाइन' का रूपमा राखेको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरूद्ध गरिरहेका प्रतिपक्षी दलहरूले सो अडान भने छाडेका छन्।
नेकपा माओवादी केन्द्रले छानबिन समितिको अडान समेत छाडेको छ।
माओवादी केन्द्रले गृहमन्त्रीले कुनै संरचनाको व्यवस्था गरेर भिजिट भिसा प्रकरणमा नीतिगत अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे सदन खोल्न सहयोग गर्ने वचन कांग्रेसलाई दिइसकेको छ।
कांग्रेस र माओवादीबीच यस्तो संयन्त्र पनि अख्तियारको छानबिन सकिएपछि बनाउने भद्र सहमति भएको छ।
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाबाट विभिन्न मु...






