News That Matters

Author: Aawaz Kendra

नवीनतम दोहोरी गीत ‘चुन्नी तानम की’ सार्वजनिक

नवीनतम दोहोरी गीत ‘चुन्नी तानम की’ सार्वजनिक

गित संगित, ट्रेण्डिङ्ग, मनोरञ्जन, लेख रचना, समाचार
काठमाडौँ । गायक सविन गौतमको दोहोरी गीत ‘चुन्नी तानम की’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो। कार्यक्रमको आयोजना राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गरेको हो। गीतमा शिव हमालको शब्द र प्रदिप अधिकारीको संगीत रहेको छ। यसमा सविन गौतम र दिपिका बयम्बु मगरको स्वर समावेश छ। निर्देशक दिपेन्द्र तिमिल्सीनाको निर्देशनमा बनेको भिडियोमा पुष्प खड्का, रजनी गुरुङलगायत कलाकार फिचर्ड छन्। मौलिक शैलीमा बनेको गीतलाई प्रदिप अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत अनुरुप भिडियोमा पनि मौलिकता कायम गरिएको छ। कार्यक्रममा अध्यक्ष रीता थापा मगरले मौलिक गीत–संगीतलाई प्राथमिकतामा राख्न कलाकारहरूलाई आग्रह गर्दै भनिन्, “मौलिक गीत गाएर, नाचेर पनि जीवन या...
‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब: केक काटेर भव्य सेलिब्रेसन

‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब: केक काटेर भव्य सेलिब्रेसन

गित संगित, ट्रेण्डिङ्ग, फिल्मी, मनोरञ्जन, समाचार
काठमाडौँ । गायक छविराज सुनारको गीत ‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब पुगेको खुशीमा काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरी केक काटेर सेलिब्रेसन गरिएको छ। शुक्रबार सम्पन्न कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी कलाकारले गीतले प्राप्त गरेको सफलता एक–आपसमा साटासाट गर्दै केक काटेर खुसी मनाएका थिए। नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत र छविराज सुनारको स्वरमा तयार गीतमा महिला स्वरमा शान्ता रानी परियारले साथ दिएकी छन्। गीतले युट्युबमा एक करोड २० लाखभन्दा बढी भ्यु प्राप्त गरिसकेको छ। अध्यक्ष थापा मगरले गीत व्यावसायिक रूपमा सफल हुनु कलाकारिताको निरन्तरताको सूचक भएको बताइन्। उनले विकृति र अव्यवस्थाविरुद्ध कहिलेकाहीं साइबर ब्यूरोसम्म धाउनु पर्ने तीतो अनुभव पनि सुनाइन्। “सञ्चारकर्मीहरू मौलिक सृ...
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन

गित संगित, ताजा अपडेट, मनोरञ्जन, समाचार
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, काठमाडौं उपत्यका समितिको गठन भएको छ। शनिबार अनिता कुमारी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचनमा घिमिरेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको सञ्चारकर्मी नेपालका केन्द्रीय सचिव कमल सरगमले जानकारी दिए । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सन्जय पोखरेल, सहसचिवमा अनिता पुराकोटी, कोषाध्यक्षमा राहुल थापा र सह–कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा इन्द्रजित पौडेल, आकृति आचार्य, विकास दमासे, गोपाल नेपाली, चक्रप्रसाद पोखरेल, लक्ष्मण शर्मा, विकास थापा र सन्तोष तामाङ निर्वाचित भए। समितिको प्रचारप्रसार विभागको सचिवमा प्रकाश विश्वकर्मा र सदस्यमा निरोज गौतम निर्वाचित भएका छन्। कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व र...
समाजसेवी लोकबहादुर टण्डनको ‘संघर्षमय जीवन’ पुस्तकको अडियो विमोचन

समाजसेवी लोकबहादुर टण्डनको ‘संघर्षमय जीवन’ पुस्तकको अडियो विमोचन

Breaking news 2, ताजा अपडेट, लेख रचना, समाचार
काठमाडौँ । समाजसेवी लोकबहादुर टण्डनले लेखेको “संघर्षमय जीवन” पुस्तकको अडियो संस्करण (Audio Book) सार्वजनिक गरिएको छ । ग्रीन सिटी अस्पतालका अध्यक्ष श्री लोकबहादुर टण्डनको जीवनी र सामाजिक योगदानलाई समेटेर तयार गरिएको यो पुस्तकको अडियो संस्करण काठमाडौँमा एक कार्यक्रममार्फत विमोचन गरिएको हो । कार्यक्रममा लेखक तथा समाजसेवी टण्डनले आफूले जीवनभर गरेको संघर्ष, सामाजिक सेवामा आएको चुनौती र अनुभवहरूलाई पुस्तकमार्फत पाठक तथा श्रोतालाई जोड्ने उद्देश्य राखेको बताए । कार्यक्रममा विभिन्न सामाजिक अगुवा, साहित्यिक व्यक्तित्व, स्वास्थ्यकर्मी,पत्रकार तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। अडियो पुस्तक विमोचन कार्यक्रममा वक्ताहरूले टण्डनको सामाजिक सेवा, मानवीय सहयोग, विपदमापरेकाहरूको उद्धार तथा समुदायमैत्री सेवामा उनको भूमिका उल्लेखनीय रहेको बताउँदै उनको जीवनकथाले धेरैलाई ...
किसान श्रेष्ठको घर पुगे सुदन, स्थानीय युवाको सुरक्षाका लागि अनुरोध

किसान श्रेष्ठको घर पुगे सुदन, स्थानीय युवाको सुरक्षाका लागि अनुरोध

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ बारास्थित पूर्वमन्त्री किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन आग्रह गरेका छन्। पीडित स्थानीय युवालाई साथमा लिएर उनी शनिबार किसान श्रेष्ठको औराहास्थित घर पुगेका थिए । भेटका क्रममा श्रेष्ठ घरमा नरहेपनि गुरुङले घरमै रहेका व्यक्तिबाट आफ्नो सन्देश श्रेष्ठसम्म पुर्‍याइदिन अनुरोध गरेको बताए । घरबाट बाहिरिएपछि सुदनले भने,‘बारम्बार आएर थर्काउने, जेनजीहरुलाई यातना दिने, मानसिक रुपमा दबाब सिर्जना गर्ने गरेको रहेछ । त्यसैले उहाँलाई यस्तो नगर्नुहोस् भन्ने आग्रह गरेर घरमा रहेका म्यासेन्जरमार्फत सन्देश पठाएको हुँ,’ उनले भने। किसान श्रेष्ठसँग भने भेट हुन नसकेको उनले जनाए । गुरुङका अनुसार आफू बारामा गएर स्थानीय युवासँगको द्वन्द्वको वातावरण नबनोस् भन्ने उद्देश्यले वार्ता गर्न पुगेका थिए।‘द्वन्द्वको वातावरण नबनोस्, भाइको सुरक्षाका लाग...
माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

Breaking news 1, गित संगित, ट्रेण्डिङ्ग, ताजा अपडेट, फिल्मी, मनोरञ्जन, समाचार, समाज
काठमाडौँ । अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन् ।मङ्गलवार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरले गीति कथा ‘फसे म त’को रिलिज गरेका हुन् ।एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको प्रस्तुतिमा सार्वजनिक गीति कथामा माधव न्यौपानेको गीत र खुमन अधिकारीको सङ्गीतमा अधिकारीसँगै देवी घर्ती मगर, शान्ति श्री परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीति कथामा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता धनकुटी, स्वस्तिका लामिछाने, बिपना घिमिरे, बिनिराम न्यौपाने, दिपसागर, विराज सापकोटा लगायतको अभिनय रहेको छ ।टेकेन्द्र शाहको सम्पादन रहेको गीति कथाको भिडियोमा करण चैसर र काश गुरुङले छायाङ्कन गरेका छन् । माधव न्यौपानेकै...
डिजिटल मिडिया नयाँ मूलधार हो : सञ्चारमन्त्री खरेल

डिजिटल मिडिया नयाँ मूलधार हो : सञ्चारमन्त्री खरेल

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई बन्द नगरी व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्। उनले डिजिटल मिडियालाई नयाँ मूलधारको मिडियाको रूपमा सरकारले स्वीकार गरिसकेको समेत स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा लोक सञ्चारकर्मी नेपाल र अनलाइन टिभी पत्रकार संघसँगको संयुक्त छलफलमा मन्त्री खरेलले भने, “सामाजिक सञ्जाल कहिल्यै बन्द हुनुहुँदैन र बन्द गरिँदैन। नयाँ मूलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरूलाई सरकारले स्वीकार गरिसकेको छ। सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस हुने हुनुपर्छ।” उनका अनुसार सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील छ र मन्त्रालय ‘सुनिन्छ पनि, देखिन्छ पनि र महसुस हुन्छ पनि’ भन्ने धारणा बोकेको छ। मन्त्री खरेलले अनलाइन मिडिया दर्ता प्रक्रियामा देखिएका झन्झटहरू हटाउनेतर्...
सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो

सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो

Breaking news 1, ताजा अपडेट, समाचार
हलेसी तुवाचुङ – ९ की ३४ वर्षीय मिनाश्री राईको सुत्केरी प्रक्रियाको क्रममा बिहीवार राति मृत्यु भएपछि उनका आफन्तले ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा आक्रमण गरेका छन् । प्रदर्शनकारीहरूले अस्पतालको गेट फुटाएर भित्र प्रवेश गरी ढुंगामुढा गरेका र उपकरण नष्ट गरेको रिपोर्ट छ । घटनास्थलमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले भीडलाई तितरवितर गर्न लाठीचार्ज र केही राउन्ड आश्रुग्यास प्रयोग गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।...
‘बाटो फरक भो’ मर्मस्पर्शी लोकदोहोरी गीत सार्वजनिक

‘बाटो फरक भो’ मर्मस्पर्शी लोकदोहोरी गीत सार्वजनिक

गित संगित, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली लोक सांगीतिक बजारमा नयाँ लोकदोहोरी गीत ‘बाटो फरक भो’ सार्वजनिक भएको छ। संगीतकार अमित बाबु रोकायको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतले विगतको अधुरो प्रेम सम्बन्धको संवेदनशील कथा बोलेको छ। “हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा” भन्ने भावनालाई केन्द्रमा राख्दै तयार गरिएको यस गीतमा श्रोताको मन छुने शब्द र संगीत समावेश गरिएको छ । ‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने, अधुरो यो जिन्दगीको बाटो फरक भो’ भन्ने मार्मिक बोलले गीतलाई अझ प्रभावशाली बनाएको छ । गीतमा शान्ति श्री परियार र अर्जुन भुसालको सुमधुर स्वर रहेको छ। शब्द गणेश पौडेल र प्रकाश पाठकको रहेको यस गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस् :    https://youtu.be/BAZlwn51Kio...
युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, राजनीति, लेख रचना, समाचार, समाज
प्रिय केपी शर्मा ओलीज्यू, नमस्कार तपाईंको जीवन राजनीतिक आन्दोलनकै परिणाम हो। वि.सं. २०२८ को झापा काण्ड  जहाँ तपाईं आफ्ना सहकर्मीहरूसँगै “शोषणविरुद्ध क्रान्ति” का नारा लगाउँदै थुनिनुभयो, अत्याचार सहनुभयो । (त्यो समयमा तपाईंले नै भन्नुभएको थियो — “ठूला उद्देश्यका लागि साना-साना क्षतिलाई महत्त्व दिनु हुँदैन ।”) तर, त्यसै क्रान्तिमा निर्दोष बच्चा र वृद्धहरू पनि मारिएका थिए — यो पनि इतिहासको हिस्सा हो । त्यसपछि २०४६ सालको जनआन्दोलन — जहाँ तपाईंले सडकको रगत र नारा दुवै देख्नुभयो । त्यो आन्दोलनमा पनि ठूला क्षतिहरू भए, तर त्यही आन्दोलनहरूले तपाईंलाई आजको केपी शर्मा ओली बनायो । तर, इतिहासको विडम्बना के छ भने — आज जब नयाँ पुस्ता (Gen Z / जेएनजी आन्दोलन) सडकमा नारा लगाउँछ, देश र जनताको आवाज उठाउँछ, त्यसै आन्दोलनलाई तपाईं “अव्यवस्थित”, “घुसपैठ भएको”, “भडकिएको”...