News That Matters

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न


रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो।

जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन।

समारोहमा अतिथिहरूलाई सम्मान गर्दै टोकन अफ लभ प्रदान गरिएको थियो भने सांस्कृतिक कार्यक्रमद्वरा सहभागीलगायतलाई मनोरञ्जन प्रदान गरिएको थियो।

समापनमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरिएको थियो ।


कार्यक्रममा २०० भन्दा बढी अतिथिहरुको उपस्थिती रहेको थियो । ४१ जना चार्टर सदस्यहरुको पनि सपथ ग्रहण भएको थियो । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रममा शोभा बढाएको थियो । कार्यक्रम सञ्चालन क्लब सचिव आरजू सिटौलाद्वारा गरिएको थियो । कार्यक्रममा स्वागत नृत्य र साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *