News That Matters

कोरोनाबाट भारतमा २४ घण्टामा थप १० को मृत्यु, मृतक सङ्ख्या ९७ पुग्यो


नयाँ दिल्ली

भारतमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै सङ्ख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको सङ्ख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन ।

तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन्, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बङ्गालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *