News That Matters

प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल


काठमाडौँ

प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ।छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्।

विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा रहेकाले संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन्।

जेठ १५ मा बजेट पेस गर्ने भनिए पनि विपक्षी दलहरूले सबै बैठकमा विरोध जनाउँदै आएका छन्। सत्तापक्ष भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *