News That Matters

सडकमै सवारीको छड्के चेकजाँच


बुटवल, २७ जेठ 

यातायात व्यवस्था कार्यालय सवारी बुटवलले सडकमा सवारी साधनहरूलाई चेकजाँच गर्न सुरु गरेको छ । लामो समय सम्म राज्यलाई बुझाउनुपर्ने राजश्व कर नतिरेर सडकमा गुड्दै आएको गुनासो आएपछि कार्यालयले यस्तो तरिका अपनाएको हो । आइतबार दिउँसो संयुक्त रूपमा गरेको चेकजाँचमा १० बटा मालवाहक सवारीसाधन भेटिएको र त्यसलाई कार्यालयले कारबाही गर्ने जनाएको छ ।

कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय सञ्चारकर्मीको संयुक्त टोलीले कपिलवस्तुको पिपरामा गरेको आकस्मिक चेकजाँच गर्दा मालवहाक टिप्पर र ट्याक्टर बिना कागजपत्र सडकमा चलिरहेको फेला परेको हो । लामो समय सम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँच पास नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका ८ बटा टिप्परलाई जनही ३ हजारका दरले कारबाही गर्ने गरी लामो समय सम्म कर नबुझाएका सवारीलाई कर बुझाएपछि मात्र गाडी छोड्ने गरी प्रहरीकोमा सवारीहरू राखिएको यातायात व्यवस्था कार्यालय सवारी बुटवलका कार्यालय प्रमुख खुमलाल भुसालले बताए ।

बिना कागजपत्र सडकमा गुडिरहेका २ बटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख भुसालको भनाई छ । आकस्मिक गरिएको चेकजाँचमा ४० वटा विभिन्न सवारी साधनहरू चेकजाँच गरिएको थियो चेकजाँचमा सिट क्षमता भन्दा धरै यात्रुहरू राखेका केही साना सवारी साधनहरू उईड्डर गाडीहरूलाई सिट क्षमता भन्दा धेरै यात्रु नराख्न आग्रह गरिएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख खुमलाल भुसालले सवारी साधनहरू नियमसम्बत सञ्चालन भए नभएको जानकारी लिन चेकजाँच सुरु गरिएको बताए ।

नियमित चेकजाँचले सवारी साधनहरूले समयमा कर बुझाए नबुझाएको जानकारी हुने रुट परमिट लाईसन्स भए नभएको जानकारी गराउन र सडकमा हुने दुर्घटना कम गराउन चेकजाँच सुरु गरिएको बताए । विभिन्न समयमा ठाउँ ठाउँमा चेकजाँच गर्ने योजना रहेको भन्दै प्रमुख भुसालले भने यातायात कार्यालयले गर्ने चेकजाँचले राज्यलाई तिर्न बाँकी रहेका राजश्व कर भराउन सजिलो हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *