News That Matters

सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड, प्रहरीले आश्रुग्यास प्रहार गर्यो


हलेसी तुवाचुङ – ९ की ३४ वर्षीय मिनाश्री राईको सुत्केरी प्रक्रियाको क्रममा बिहीवार राति मृत्यु भएपछि उनका आफन्तले ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा आक्रमण गरेका छन् ।

प्रदर्शनकारीहरूले अस्पतालको गेट फुटाएर भित्र प्रवेश गरी ढुंगामुढा गरेका र उपकरण नष्ट गरेको रिपोर्ट छ । घटनास्थलमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले भीडलाई तितरवितर गर्न लाठीचार्ज र केही राउन्ड आश्रुग्यास प्रयोग गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *