News That Matters

भारतकाे अहमदाबाद विमान दुर्घटनामा ५२ जना बेलायती नागरिक रहेको पुष्टि


काठमाडौं

भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थलबाट उडेको एयर इण्डियाको एक अन्तर्राष्ट्रिय उडान केही समयमै दुर्घटनामा परेको छ। दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार जहाजमा ५२ जना बेलायती नागरिक थिए, साथै ६ जना पोर्चुगलका र १ जना क्यानडाली नागरिक पनि सवार रहेको पुष्टि भएको छ।

भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा उडेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुई मिनेटमै भुईंमा खसिएको बताइएको छ। जहाज लन्डनका लागि उडेको थियो। दुर्घटनाको यकिन कारण भने हालसम्म सार्वजनिक गरिएको छैन, तर दृश्यहरूले विमानस्थल क्षेत्र वरिपरि बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ।

दुर्घटनापछि तुरुन्तै सातवटा दमकलसहित आपतकालीन सेवा टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक विवरण अनुसार उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ भने यात्रुहरूको अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी छ। भारतीय प्रशासनले अनुसन्धान अघि बढाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *