काठमाडौं । नेपाली लोक सांगीतिक बजारमा नयाँ लोकदोहोरी गीत ‘बाटो फरक भो’ सार्वजनिक भएको छ। संगीतकार अमित बाबु रोकायको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
गीतले विगतको अधुरो प्रेम सम्बन्धको संवेदनशील कथा बोलेको छ। “हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा” भन्ने भावनालाई केन्द्रमा राख्दै तयार गरिएको यस गीतमा श्रोताको मन छुने शब्द र संगीत समावेश गरिएको छ ।
‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने, अधुरो यो जिन्दगीको बाटो फरक भो’ भन्ने मार्मिक बोलले गीतलाई अझ प्रभावशाली बनाएको छ ।
गीतमा शान्ति श्री परियार र अर्जुन भुसालको सुमधुर स्वर रहेको छ। शब्द गणेश पौडेल र प्रकाश पाठकको रहेको यस गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् ।
गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस् :